> राष्ट्रिय > विजय फूलबारीमा सर्वसम्मत नयाँ नेतृत्व चयन


विजय फूलबारीमा सर्वसम्मत नयाँ नेतृत्व चयन

प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । नेत्रमणी आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन भएको हो ।

 

समितिको उपाध्यक्ष राधा पुलामी, सचिव मोहन सुवेदी, कोषाध्यक्ष किरण केसी, सदस्यमा तारा विष्ट, गोमा विष्ट, शुसिला नेपाली, प्रभात श्रेष्ठ, खिम बहादुर जि.सी., शंकर प्रसाद आचार्य र नरेश्वर लम्साल रहनुभएको छ ।

 

त्यसैगरि लेखा समिति संयोजकमा शुसिल पोख्रेल र सदस्यमा गोमा पोख्रेल, चन्द्र घर्ति रहनुभएको छ । फूलबारी बचत तथा ऋण सहकारी संस्था र विजयलक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्था एकीकरण भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । आज निर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *