प्यूठान । पछिल्लो समय चर्चामा रहेको अर्खा-रजवारा जोड्ने झोलुङ्गे पुलको प्रतिनिधि सभा सदस्य सूर्य थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
गौमुखी गाउँपालिका-१ अर्खा लामिडाँडा र वडा नं. ३ रजवारा देउराली जोड्ने गरी झिमरुक नदिमा सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक ललितपुरले झोलुङ्गे पुल निर्माण गरेको हो । ३ सय ७४ मिटर लामो यो पुल १८० मिटर अग्लो स्थानमा रहेको छ ।
अग्लो स्थानमा पुल निर्मण भएपछि यहाँ पुग्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरु संख्या बढ्दो छ । पुल निर्माणले आवत-जावतमा सहजता हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ ।
मंसिर महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि जेठ महिना भित्रै अपर तामाकोसी जेभी कम्पनीले कुल २ करोड ७२ लाख ७४ हजार रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।

