समाज

कुलोको पानी बनाउँन जाँदा सर्पले डस्दा प्यूठानमा एक युवक घाईते

प्यूठान, २८ साउन । ऐरावती गाउँपालिका–६ खाप्रेखोलाका श्रीधर पोख्रेललाई सर्पले डस्दा घाईते हुनुभएको छ ।

घर नजिकै हाडिखोलामा धानखेतमा सिंचाई गर्ने कुलो बनाउन जाँदा मंगलबार राती करीव ८ बजे सर्पले डसेको प्रहरीले जनाएको छ ।

२० वर्षीय पोख्रेलको गोरुसिंङेमा उपचार भइरहेको छ । पोख्रेलको खुट्टामा सर्पले डसेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

Related Articles

Back to top button