प्यूठान, असार २ गते । मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीमा एक जना व्यक्ति खोलाले बगाएर बेपत्ता भएका छन् ।
मंगलबार साँझ स्थानीय छापे खोलाले बगाएर धरमपानी बर्बाेटका अन्दाजी ४५ वर्षीय हिरा बहादुर विक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राती अवेरसम्म खोजी गर्दा फेला नपरेपछि पुनः आज विहानैदेखी स्थानीय र चुजाठाटी प्रहरी चौकीका प्रहरीले खोजीकार्य शुरु गरेका छन् ।
