प्यूठान । माण्डवी गाउपालिकाले चालु शैक्षिक शत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेकाे छ ।
थानीय विषयको पाठ्यक्रम कक्षा १-८ सम्मको हाम्रो माण्डवी हाम्रो गौरव नामक पाठ्यक्रम आज पालिका अध्यक्ष नमराज अधिकारी र उपाध्यक्ष पूणर् कालाथोकीले संयुक्त रुपमा विमोचन गर्नुभएको छ ।
साथै गाउँपालिकाले अभिभावक विहिन, जेहेन्दार, असहाय बालबालिका लक्षित विद्यालयमा स्टेशनरी बैंक स्थापना गरेको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बताउनुभयो ।
त्यसैगरि शिक्षक कर्मचारीहरुको सहयोगका लागि शिक्षक डायरी तयार गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षताा तथा शिक्षा विकास तथा सम्न्वय इकाइ प्रमुख शिवराज पण्डितको प्रमुख आतिथ्यतामा आज कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा पाठ्यक्रम निर्माण समितिका सदस्यलाई सम्मान गरिएको छ । अब शैक्षिक सत्रका लागि कक्षा १-८सम्मकै सन्दर्भ साम्रगी निर्माण गर्ने र शिक्षकलाई सहयोग हुने शिक्षा शाखा प्रमुख कार्कीको भनाई छ । कार्यक्रममा कार्यपालिका सदस्य र प्रधानध्यापकको उपस्थिती थियो ।


