> स्थानीय सरकार > सरुमारानीमा एमालेको उम्मेदवार झग बहादुर विश्वकर्मा


सरुमारानीमा एमालेको उम्मेदवार झग बहादुर विश्वकर्मा

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरुमारानी गाउँपालिकाले आगामी स्थानीय तहको निर्वाचनमा झग बहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । हालका गाउँपालिका अध्यक्ष विश्वकर्मालाई पुनः अध्यक्षमा दोहोर्‍याउन पालिका कमिटीले सर्वसम्मत निणर्य गरेको हो ।

 


हिजो राती अवेरसम्म बसेको बैठकले अध्यक्षको नाम सिफारिस गरेपनि उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छैन । उपाध्यक्षमा तीन जना आकांक्षी भएपछि आज पुनः बैठक बसेर टुंगाउने सचिव चिन्त बहादुर सोमैले जानकारी दिनुभयो ।

 

बैठकले मोह्मद हलिम हलुवाईको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन कमिटी, प्यार अलि खान संयोजक र सलिम अन्सारी सह संयोजक रहेको १ हजार १ सदस्यीय प्रचार प्रसार समिति र गंगा बहादुर केसीको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *