> पर्यटन > माण्डवी गाउँपालिकामा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुँदै


माण्डवी गाउँपालिकामा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुँदै

प्यूठान, ६ पुस । आन्तरीक तथा बाह्य पर्यटनलाई भित्र्याउने उदेश्य सहित माण्डवी गाउँपालिकाले प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन थालेको छ ।

एशियन प्याराग्लाइडिङ एकेडेमीसँग सम्झौता गरेर माण्डवी गाउँपालिकाले पालिका भित्र यसको सम्भाव्यताको खोजी शुरु गरेको हो ।
पहिलो चरणमा गरिएको प्रारम्भिव उडान माण्डवी गाउँपालिका–३ स्थित आँपचौरदेखि नयाँगाउँ फाँटमा सफल परिक्षण भएको एकेडेमीका सञ्चालन शैलेन्द्र राउतले बताउनुभयो ।

भविष्यमा तालिम समते दिने गरि एकेडेमी सञ्चालन गर्ने गरि योजना बनाएकाले पालिका भित्रकै अरु ठाउँबाट समेत विविध परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन थालेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । एकेडेमीसँग सम्झौता गरि काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । भविष्यमा आन्तरीक एवं बाह्य पर्यटन आउन सक्ने सम्भावना पर्याप्त रहेकाले समेत यसतर्फ चासो दिइएको उहाँको भनाई छ ।

जिल्लाको अन्य स्थानीय तहमा समेत प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनका लागि सम्वन्धित स्थानीय तहसँग समन्वय भइरहेको नेपाल प्याराग्लाइडिङ एशोसियसनका महासचिव समेत रहनुभएका राउतले जानकारी दिनुभयो । जिल्लाका पर्यटकीय स्थल, भित्रिकोट, मल्लरानी लगायत क्षेत्रबाट यसअघि पनि प्याराग्लाइडिङको उडान गरिएकाले सो क्षेत्रमा सम्भावना रहेको जिल्लावासीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *