> समाज > जापानको स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्रमा हस्ताक्षर


जापानको स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्रमा हस्ताक्षर

प्युठान । जापानको टोकियो स्थित एभरेष्ट इन्टिरनेस्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडी बढाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

एक कार्यक्रमका बीच कार्तिक २० गते जापानको टोकियोमा आयोजित जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सीपल विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *