> समाज > प्यूठानमा सालको काठ बरामद


प्यूठानमा सालको काठ बरामद

प्यूठान । जिल्ला वन कार्यालय प्यूठानले अवैध सालको काठ बरामद गरेको छ । प्यूठान नगरपालिका–२ चितिखोला स्थित राष्ट्रिय वनबाट ३२ दशमलव ८ क्युफिट सालको काठ बरामद गरेको हो ।

 

एक्लेडाँडा स्थित वनमा केहि हालसालै र केहि केहि समयअघि सालको रुख काटेको अवस्थामा पाइएको सहायक वन अधिकृत दिपक के.सी.ले प्यूठान समाचारलाई बताउनुभयो । “घटनास्थलमा पुगेर फर्किएका छौं,” उहाँले भन्नुभयो, “घटनाको अनुसन्धान भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *