> आर्थिक > प्यूठान बाग्दुलामा खुल्यो समानता हेल्थ किल्निक


प्यूठान बाग्दुलामा खुल्यो समानता हेल्थ किल्निक

प्यूठान । बाग्दुलामा समानता हेल्थ किल्निक एण्ड समानता फार्मेसी संचालनमा आएको छ ।

बुधबार एक कार्यक्रममा बीच प्यूठान नगरपालिकामा मेयर बिष्णु योगीले किल्निकको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्र संबेदनसिल क्षेत्र भएकाले सहि ढंगले दुरदराजका नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा बोल्दै प्यूठान उघोग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले व्यावसायिक क्षेत्र लगानी अभाव भएका बेला सामुहिक लगानीमा शुरु गरिएको क्लिनिकको सफलताको शुभकामना दिनुभयो । बाग्दुला ब्यापारिक केन्द्रको रुपमा बिकास हुँदै गएकोले यस किल्निकबाट प्यूठान सहित अर्घाखाँची, गुल्मी, रोल्पा जिल्लाका सिमा क्षेत्रका स्थानीय समेत सेवा लिने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

किल्निकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो एक्स रे सेवा, ओपिडी तथा इमर्जेन्सी सेवा, फार्मेसी लगायतका सेवा संचालन भएको संचालक असिम मल्लले जानकारी दिनुभयो ।

 

मल्ल सहित रिमा जिसि, चित्रा केसि र जुना केसिले किल्निक संचालन ल्याएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *