> स्थानीय सरकार > स्वर्गद्धारीमा स्वतन्त्र उम्मेदवार घर्ति वडा अध्यक्षमा निर्वाचित


स्वर्गद्धारीमा स्वतन्त्र उम्मेदवार घर्ति वडा अध्यक्षमा निर्वाचित

प्यूठान । स्वर्गद्धारी नगरपालिका वडा नं. ७ मा स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका छन् । हाँस चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उठेका सुरज जि.एम. वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

 

घर्तिले ६३१ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार टेक प्रसाद भट्टराई (पदमं) ले ५९८ मत प्राप्त गर्नुभयो ।

 


महिला वडा सदस्यमा राष्ट्रिय जनमोर्चाका खुमा अधिकारी, दलित महिला सदस्यमा नेपाली कांग्रेसका अनिता विक, खुल्ला सदस्यमा माओवादी केन्द्रका कविता पुनमगर र राष्ट्रिय जनमोर्चाका दामोदर गोराथोकी विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *