> राष्ट्रिय > प्यूठानमा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु


प्यूठानमा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

प्यूठान समाचार सम्वाददाता
प्युठान, ३ चैत
प्यूठानमा ट्रिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौवहिनि गाउँपालिका ८ लुप्लुङमा आइतबार रा १ ख १८२१ नम्वरको ट्रिपर दुर्घटना हुदा २० बर्षिय पारस नेपालीको मृत्यु भएको हो । उहाँको उपचारको लागि बुटवल लैजाने क्रममा बड्डाडामा मृत्यु भएको हो । दुर्घटनामा परि दुइ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ ।

घाइते हुनेमा चालक २८ वर्षिय अर्जुन नेपाली र सहचालक १९ वर्षिय कृष्ण नेपाली रहेका छन् ।
चालक अर्जुन नेपालीको बुटवलमा उपचार भइ रहेको छ भने सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रिपर सडकबाट करिव २५ मिटर तल खसेको प्रहरी जनाइको छ ।
तिनै जनाको घर प्युठान नगरपालिका ८ खप्रेङखोलामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *