प्यूठान । प्यूठानको झिमरुक र गौमुखी क्षेत्रका विभिन्न पक्ष समेटेर बनाइएका चित्र काठमाण्डौमा प्रर्दशन गर्न लागिएको छ । नेपाल कला परिषद बवरमहलमा आजदेखि ३ दिनसम्म निःशुल्क प्रर्दशन गर्न लागिएको हो ।
झिमरुक र गौमुखी क्षेत्रका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक लगायत पक्ष समेटेर कलाकारले चित्र बनाएको झिमरुक गाउँपालिकाले जनाएको छ । कलाकार रतनकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, कुन्ती थापामगर, सुजिता महर्जन, सुदेशा श्रेष्ठ, सारा राई, राजकुमार रानामगर, मुकेश श्रेष्ठ, सुदर्शन कार्कीले त्यस क्षेत्रमा पुगेर चित्र कोर्नु भएको थियो ।