> राजनीति > प्रमुख पदमा महिला उम्मेदवार शुन्य, गठबन्धनका उम्मेदवार पुरुष मात्र


प्रमुख पदमा महिला उम्मेदवार शुन्य, गठबन्धनका उम्मेदवार पुरुष मात्र

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि भएको मनोनयनमा जिल्लाका कुनै पनि स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी परेको छैन । नेकपा माोवादी केन्द्रले त एउटा जिल्लामा कम्तीमा एक पालिकामा प्रमुख पदमा एक जना महिला उम्मेदवार बनाउने बताएको थियो ।

 

तर जिल्लाका ९ वटै स्थानीय तहमा प्रमुख पदमा कुनै पनि दलले महिला उम्मेदवार बनाएका छैनन । गठबन्धन गरेका दलले त उपप्रमुख र उपाध्यक्षमा समेत महिलालाई स्थान दिएका छैनन् । दुवै पदमा पुरुषको मात्र उम्मेदवारी परेको छ । जसले गर्दा यस पटकको स्थानीय तहको निर्वाचनमा उपप्रमुख/उपाध्यक्ष पदमा महिलाको संख्या कम हुने आकलन गरिएको छ ।

 

एक्लै निर्वाचनमा सहभागी भएको स्थानमा राष्ट्रिय जनमोर्चाले गौमुखी गाउँपालिकामा तारा पुरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले झिमरुकमा रुपमा जिसीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

 

नेकपा एमालेले भने सवै पालिकामा उपप्रमुख र उपाध्यक्ष महिला उठाएको छ । स्वर्गद्धारी नगरपालिकामा गौरी भट्टराई र प्यूठान नगरपालिकामा पवित्रा जिसी उपमेयरको उम्मेदवार हुनुभएको छ ।

 


सरुमारानी गाउँपालिकामा बसन्ता खड्का, माण्डवी गाउँपालिकामा सम्झना पुन, ऐरावती गाउँपालिकामा कमला कुमारी ज्ञवाली, मल्लरानी गाउँपालिकामा इश्वरा आचार्य, झिमरुक गाउँपालिकामा विष्णु घर्तिमगर, गौमुखी गाउँपालिकामा ज्ञानुमाया केसी र नौबहिनी गाउँपालिकामा विस्नु थापा केसी उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *