प्यूठान, २८ कात्तिक । आर्थिक अभावले उपचारबाट बञ्चित भएका दुई जना विरामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
माण्डवी गाउँपालिका–३ नयाँगाउँका ३ वर्षीय कविर नेपाली र माण्डवी गाउँपालिका–५ आँपचौरका ३२ वर्षीय दिपक सुनारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
आर्थिक अभावले उपचार नगराई घरमै बसिरहेका दुवै जनालाई आर्थिक सहयोग संकलन गरि प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं युवा संघ प्यूठानका सह–संयोजक विसेक थापाले बताउनुभयो ।
अभियानबाट संकलन गरिएको रकममध्ये सुनारलाई ३७ हजार ८५० र नेपालीको परिवारलाई ३७ हजार ८५० रुपियाँ हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
तीन वर्षीया बालिकालाई ब्रेन ट्युमरको समस्या छ भने ३२ वर्षीय सुनारलाई सुगर लगायतको स्वास्थ्य समस्या रहेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । दुवै विरामीका परिवारलाई आर्थिक सहयोग तथा समन्वयका लागि समन्वय गर्दै आएको रोकाले बताउनुभयो ।
