> स्थानीय सरकार > स्वर्गद्वारी र माण्डवीमा जस्ताको छानो


स्वर्गद्वारी र माण्डवीमा जस्ताको छानो

सुजल श्रेष्ठ
प्यूठान, ४ चैत । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्षमा थप खरका छाना विस्थापित गर्न थालेको छ । नगरपालिकाले यस वर्ष ३, ५ र ६ नम्वर वडामा खरका छाना विस्थापन गरि जस्ता पाता लगाउन थालेको हो । यो वर्ष छ सय घरधुरीमा जस्ता लगाउने योजना बनेको छ, इन्जिनियर सम्राट खड्काले भन्नुभयो, पाँच सय घरधुरिका लागि जस्ता आइसकेको छ । दुई करोड ६२ लाख ८५ हजार ६४५ भ्याट बाहेकको टेण्डरमा भ्याट सहित दुई करोड ३३ लाख ९१ हजार ७४८ रुपियाँमा पश्चिमाञ्चल हार्डवेयरलाई जस्ताको टेण्डर परेको इन्जिनियर खड्काले जानकारी दिनुभयो ।

स्वर्गद्वारी नगरपालिकामा वितरण गर्न थालिएको जस्ता पाता ।

जस्ता पाता वितरणको काम भइरहेको नगरपालिकाले जनाएको छ । ३५० घरधुरीमा वितरण भइसकेको इन्जिनियर खड्काले बताउनुभयो । बाँकी जस्तापाता समेत छिट्टै वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।अघिल्लो वर्ष चार वडामा ५१५ घरमा जस्ता पाता वितरण गरिएको थियो । गत वर्ष प्रदेश र स्थानीय तहको गरी दुई करोड रुपियाँ लगानीमा जस्ता पाता खरिद गरि वितरण गरिएको नगरपालिकाले जनाएको छ । ४, ८, ७ र ९ वडामा जस्ता वितरण गरिएको ५ नम्वर वडाका अध्यक्ष हिरामणी भण्डारीले बताउनुभयो ।
माण्डवीमा विकटलाई प्राथमिकता
यसैबीच माण्डवी गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकाका विकट क्षेत्रमा खरको छाना हटाउन थालेको छ । गाउँपालिकाको ४ नम्वर वडा उदयपुर्कोटको सबै भन्दा विकट बस्ति मुखचौर, आपचौर र मान्डबि २ नम्वर वडा मर्कावाङको ढिकाबन मा गाउपालिकाको गौरब को आयोजना को रुपमा खरको छाना यस वर्ष विस्थापन गर्ने अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । त्यसका लागि पालिकाको टोलीले स्थलगत अनुगमन समेत गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले गत वर्ष एक करोड रुपियाँ विनियोजन गरि खरको छाना हटाएको थियो । यस वर्ष प्रदेश र पालिकाको गरी तीन करोड रकम विनियोजन गरेको छ । जस्ता लगेको ३५ दिन भित्र घर छाउनुपर्ने प्रावधान पालिकाले राखेको अध्यक्ष रोकाले बताउनुभयो ।

माण्डवी गाउँपालिकामा वितरण गर्न राखिएको जस्ता पाता ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *