> स्थानीय सरकार > झिमरुकका २ सय घरमा जस्तापाता लगाउदै


झिमरुकका २ सय घरमा जस्तापाता लगाउदै

वासुदेव गिरी
प्यूठान, १३ चैत । झिमरुक गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्त्रगत लाभाग्राही मध्य बाट छनोट भएका अति बिपन्न गरिब परिवारहरु लाई खरका छाना हटाउन अनुदान दिने भएको छ ।

गाउँपालिका भरका २ सय घरधुरी लाई प्रती घरधुरी ५० हजारका दरले अनुदान रकम उपलब्ध गराउन लागेको हो । झिमरुकका आठै वडाका गाउँबस्तीमा रहेका खर तथा परालको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउने गरि यो कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताउनुभयाे ।

 

उहाँले भन्नुभयाे ,” छनोटमा परेका लाभाग्राहिहरु लाई वडा कार्यालय मार्फत सम्झौता गर्ने काम शुरु गरेका छौँ “। आर्थिक अवस्था कमजोर भएका पराल र खरको छाना भएका घरधुरीका परिवारलाई यो कार्यक्रममा समाबेस गरिएको उहाँले बताउनुभयाे ।

 

चालु आबको लागि १ करोड रकम सुरक्षित नागरिक आवास कार्यक्रम अन्त्रगत पालिकालाई नेपाल सरकारले अनुदान उपलब्ध गराएको छ । झिमरुक गाउँपालिकाको वडा नम्बर १ मा ४८ घरधुरी, २ मा १३ घर,३ मा ३१ घर, ४ मा १९ घर, ५ मा १० घर, ६ मा ५५ घर ७ मा २४  घरमा जस्तापाता लगाउन थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *