बोम बहादुर परियार
प्यूठान, २६ चैत ।
नोवेल कोरोना (कोभिड १९) परीक्षण गर्न जिल्लाका दुई जना बिरामीको स्वाब संकलन गरिएको छ । ३१ र १० वर्ष उमेरका पुरुषको जिल्ला अस्पताल प्यूठानमा स्वाब संकलन गरिएको अस्पतालका ल्याब टेक्निसियन डोर बहादुर खड्काले जानकारी दिनुभयो ।
३१ बर्षका पुरुष चैत ८ गते भारतबाट नेपाल आएका हुन । उनलाई ज्वरो आउने र खोकी लाग्ने समस्या थियो । साथमा उनको १० बर्षका छोरामा पनि सोही समस्या देखिएकोले कोरोना परिक्षणका लागि स्वाब संकलन गर्न लगाएको अस्पतालका डाक्टर सुनिल सुनारले बताउनुभयो । उक्त स्याम्पललाई बुटवलमा रहेको प्रयोगशालामा पठाउने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो ।
पर्सिसम्म जाँच गरेको नतिजा उपलब्ध गराउने अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुनारले बताउनुभयो । विरामीलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
