प्यूठान । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिले तयारी थालेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म कास्कीको पोखरामा हुन लागेको प्रतियोगिताका लागि जिल्लाका विभिन्न पालिकाबाट खेलाडी छनौट गर्न प्रक्रिया अघि बढाइएको जिल्ला अध्यक्ष हुमलाल नेपालीले बताउनुभयो ।
प्रतियोगिताको लागि आज सरोकारवालाहरुको उपस्थितीमा बैठक बसेर खेल विधा लगायतका विषयमा निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । बैठकका जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।
छनौट भएका खेल विधाहरु
१) भलिवल (महिला पुरुष) २) एथलेटिक्स (महिला पुरुष)
३) कपर्दी (महिला पुरुष) ४) कराँते (महिला पुरुष)
५) तेक्वान्दो (महिला पुरुष) ६) क्रिकेट (पुरुष)
७) फुटवल (पुरुष) ८) शारिरीक सुगठन (पुरुष)
९) बक्सिङ (महिला पुरुष) १०) ब्याडमिन्टन (महिला पुरुष)
११) बास्केटवल (पुरुष) १२) बुद्धिचाल (पुरुष)
१३) आई.टी.एफ तेक्वान्दो (महिला पुरुष) १४) फुल कन्ट्याक्ट कराँते (महिला पुरुष)
१५) भारोत्तलन (पुरुष) १६) जेम्नेष्टिक (महिला पुरुष)
१७) उस्सु पुरुष महिला १८) टेवल टेनिस (महिला पुरुष)
१९) कुस्ती (महिला पुरुष)
बैठकले जिल्लाका पालिकाहरुलाई खेलका विधाहरुमा भाग लिने खेलाडी र प्रशिक्षकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ ३ गतेसम्म पालिका स्तरमा प्रतियोगिता आयोजना गरि खेलाडी र प्रशिक्षकको विवरण पठाउन आग्रह गरिएको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीसँग समन्वय गरेर प्रतियोगिताको तयारी अगाडी बढाएको समितिका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँले जिल्लाका सवै पालिकाबाट खेलाडीहरु नछुट्ने गरि सहभागी बनाउन सवै निकायसँग समन्वयलाई अगाडी बढाउने उहाँको भनाई छ ।
