प्यूठान, २४ भाद्र । प्यूठानमा कमन लियोपार्ड जातका चितुवा मृत फेला परेको छ ।
मंगलवार विहान झिमरुक गाउँपालिका ५ बादिखोलामा चितुवा मृत फेला परेको झिमरुक गाउँपालिका ५का वडा अध्यक्ष टिका बहादुर जि सीले जानकारी दिनुभयो । राती चितुवा लडेको आवाज आएको र विहान मृत फेला परेको वडा अध्यक्ष जि.सीको भनाई छ । चितुवाको शरिरमा घाउ भएकाले लडेर मृत्यु भएको हुन सक्छ, उहाँले भन्नुभयो, “मृत फेला परेको चितुवालाइ वन डिभिजन कार्यालयलाई बुझाएका छौँ” ।
मृत फेला परेको चितुवा कमन लियोपार्ड प्रजातिका रहेको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिनुभयो । उक्त चितुवालाई डिभिजन वन कार्यालयमा लिएर गाडिएको उहाँले बताउनुभयो
