प्यूठान । ऐरावती गाउँपालिकामा १२ हजार ३४० मतदाता थिए । अहिले त्यो बढेर १५ हजार ७ सय १६ पुगेको छ ।
१६ मतले अध्यक्ष पदमा हारजीत भएको थियो । अध्यक्षमा ७ जना र उपाध्यक्षमा ६ जना प्रतिस्पर्धामा थिए ।
अहिलेको निर्वाचनमा अध्यक्षमा ३ जना र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी छ । अघिल्लो पटक १६ मतले पराजित नेकपा एमालेका अध्यक्षका उम्मेदवार टिका बहादुर गुरुङ अहिले स्वतन्त्रबाट उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार बन्नुभएका गुरुङ र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल बनेको छ । त्यसैगरि नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल बनेको छ । नेकपा एमाले भने एक्लै चुनावी मैदानमा छ ।
०७४ को निर्वाचनको मत परिणाम यस्तो छ ।
