> राजनीति > सचिवालय बैठक सकिएपछी…


सचिवालय बैठक सकिएपछी…

काठमाण्डौ, १७ बैशाख ।
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा गहन रुपमा छलफल भएको छ । बालुवाटारमा बसेको बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठक लगायत विभिन्न विषयहरूमा गहन छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा सबै सदस्यले आआफ्ना धारणा राखेका थिए । बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठक सकिएपछि अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल । तस्विर : राजन काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *