> राजनीति > एमाले मल्लरानी गाउँ कमिटी सर्वसम्मत, सवै पालिकामा सर्वसम्मत बनाउने प्रयास


एमाले मल्लरानी गाउँ कमिटी सर्वसम्मत, सवै पालिकामा सर्वसम्मत बनाउने प्रयास

प्यूठान । नेकपा एमाले प्यूठानका ९ वटै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ । देशभर आज एकैसाथ भएको पालिका अधिवेशनमा प्यूठानका सवै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुन लागेको नेकपा एमाले प्यूठानले जनाएको छ ।

नेकपा एमाले मल्लरानी गाउँकमिटी सर्वसम्मत रुपमा चयन भएको छ । शुनिल शाही लेकालीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको हो ।
जसको उपाध्यक्ष याम बहादुर खत्री, सचिव नोमराज पौडेल, उप सचिव किरण सुनार, उप सचिव(समावेशी) सिता विक लगायत सदस्य चयन हुनुभएको छ ।

नेतालाइ भ्याइनभ्याइ
जिल्लाभर एकैसाथ भएको अधिवेशन उद्घाटनका लागि  नेताहरुलाइ भ्याइनभ्याइ भएकाे थियाे । एकैदिन धेरै पालिकामा पुग्नुपर्ने भएकाले नेताहरुलाइ भ्याइनभ्याइ भएकाे हाे ।

प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्नुभएको थियो ।

 

सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिकामा एमाले केन्द्रीय सदस्य सुर्य थापाले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्नुभएको थियो ।

 

मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिकामा लुम्विनी प्रदेश कमिटीका सचिवालय सदस्य हरिप्रसाद रिजालले सम्वोधन गर्नुभएको थियो ।

ऐरावती गाउँपालिकामा एमाले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मा र स्वर्गद्धारी नगरपालिकामा लुम्विनी प्रदेश सदस्य विजयविराज विष्टले प्रमुख अतिथीको रुपमा अधिवेशन उद्घाटन शत्रमा सम्वोधन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *