> राजनीति > पार्टीले कारवाही गरेको बागी उम्मेदवारलाइृ कृष्णध्वज खड्काको समर्थन !


पार्टीले कारवाही गरेको बागी उम्मेदवारलाइृ कृष्णध्वज खड्काको समर्थन !

प्यूठान । नेकपा माओवादी केन्द्रले कारवाही गरेका वागी उम्मेदवारलाई माओवादी नेता कृष्णध्वज खड्काले समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रचार सामाग्री शेयर गर्नुभएको छ ।

प्यूठान नगरपालिका वडा नं. १० बाट लोक बहादुर केसी सहितका माओवादी कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि हिजो माओवादी केन्द्र प्यूठानका इन्चार्ज नारायण अधिकारीले कारवाही गरेको विज्ञप्ती सार्वजनिक गर्नुभएको थियो ।

तर पार्टीका नेता कृष्णध्वज खड्काले भने केसीको समर्थन गर्दै प्रचार सामाग्री सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्नुभएको छ । जसको गठबन्धनका कार्यकर्ताले असन्तुष्टी जनाउँदै विरोध गरेका छन् ।

प्यूठान नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्टिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । १० नम्वर वडा जनमोर्चालाई परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *