प्यूठान । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा ३५ जनाले उम्मेदवारी दिएपनि अन्ततः सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको छ ।
शुक्रबार ९ पदका लागि ३५ जनाले उम्मेदवारी दर्ता गराएपनि शनिबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको घोषणा भएको छ ।
खुल्ला प्रतिनिधिमा हरि प्रसाद रिजाल, तुल्सीराम शर्मा, धन बहादुर रायमाझी, विजय विराज विष्ट, टेकुलाल गिरी, दिल बहादुर थापा छनौट हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यसैगरि महिला तर्फ कमला रिजाल, गोमा रेग्मी र समावेशी तर्फ झग बहादुर विश्वकर्मा प्रतिनिधि छनौट हुनुभएको छ ।
जिल्लाका सवै वडा तथा पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिका लागि चुनाव गर्न नहुने भन्दै कार्यकर्ता तहबाट दवाव आएपछि सर्वसम्मत बनाउन प्रयास गरिएको थियो । पटक पटक भएको छलफलबाट सहमति जुटेको बताइएको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यहि मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । जसका लागि देशभरबाट आज प्रतिनिधि छनौट गर्ने कार्यतालिका रहेको छ ।
