> स्थानीय सरकार > झिमरुकमा चुनावी तालमेल भएन, कांग्रेस र माओवादीको सहमती के हुन्छ ?


झिमरुकमा चुनावी तालमेल भएन, कांग्रेस र माओवादीको सहमती के हुन्छ ?

प्यूठान । झिमरुक पालिका भित्र रहेका गठबन्धनका दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा आज बसेको गठबन्धनका दलहरुबीचको छलफल निष्कर्ष विहिन भएपछि मित्रवत व्यवहार गरि चुनावमा जाने निणर्य गरेका छन् ।

 


पटक पटक वार्ता/छलफल भएपनि सहमति नभएपछि यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई पक्षीय सहमति गरेका थिए । त्यसपछि सवै दलहरुबीच सहमति गर्ने भन्दै हिजो र आज बैठक बसेको हो ।

 

नेपाली कांग्रेस र माओवादीबीचको सहमति भएपनि आन्तरीक रुपमा नेकपा एमालेसँग मिल्ने  राष्ट्रिय जनमोर्चाकाे शंका छ । मित्रवत व्यवहार गर्ने निणर्य गरेकाले अवको यसअघिको कांग्रेस र माओवादीको सहमति के हुन्छ भन्ने सर्वसाधारणले जिज्ञासा राख्न थालेका छन् । उक्त विषयमा निणर्यमा केहि उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *