प्युठान । सूचना, सञ्चार तथा प्रबिधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साईबर सुरक्षाका लागी साईबर शिक्षा अनिवार्य रहेको बताउनुभएको छ । पछिल्लो समय सूचना प्रबिधिको बिकास भएसंगै साईबर अपराधका घटना हुन थालेको भन्दै त्यसको नियन्त्रण गर्न ऐन नियम र जनचेतना आवश्यक रहेको बताउनुभएको हो ।
साईबर अपराध, सुरक्षा, सामाजिक प्रभाव,नीति र जनचेतना सम्बन्धि एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले साईबर सुरक्षा ऐन बनाउन लागिएको बताउनुभयो । त्यसैगरी समाजिक संजाल नियमन गर्न ऐन बनाउन लागिएको जानकारी दिनुभयो ।
मन्त्री शर्माले पछिल्लो १० वर्षमा नेपालमा सूचना प्रबिधिको बिकासले फड्को मारेको उहाँको भनाई छ । आईटी क्षेत्रबाट करिब ६८ अर्व बिदेशी मुद्रा भित्र्याउन सफल भएको भन्दै पछिल्लो समय राम्रो वातावरण बनेको बताउनुभयो । ‘ सूचना प्रबिधिको प्रयोगबाट नेपाली युवाहरूले आम्दानी गरिरहेका छन,’ उहाँले भन्नुभयो,’युवाहरूलाई आईटिमा स्वरोजगार हुने वातावरण राम्रो वातावरण बनेको छ ।’
आईटीको गलत प्रयोग गरेर किशोर किशोरीमाथी यौनजन्य हिंसा हुने गरेकोले सचेत बन्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले आर्थिक रुपमा समेत आईटीको दुरुपयोग गरेर बाट लुटिने अवस्था आएकोले शिक्षा आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।
राज्यले आईटी जनशक्ति उत्पादन गर्न बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले सातै प्रदेशमा भोकेश्नल एजुकेसन संचालन गर्न लागिएको उहाँको भनाई छ ।
