> राष्ट्रिय > नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

प्यूठान, ३० चैत ।
नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा रहेका तीन जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यहा रहेका २१ जनाको कोरोना परिक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको हो ।

क्रमशः ३७, ४४ र ५५ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई नारायणी अस्पताल बिरगञ्जमा आइसोलेशनमा राखेर उपचार गरिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *