> राष्ट्रिय > परीक्षार्थीलाई स्वअध्ययन र स्वअभ्यास गर्न आग्रह


परीक्षार्थीलाई स्वअध्ययन र स्वअभ्यास गर्न आग्रह

अरुण पौडेल
प्यूठान, २४ चैत ।
कोरोना संक्रमणका कारण एसईई परीक्षा स्थगित भएर घरमै बसेका परीक्षार्थीलाई स्वअध्ययन र स्वअभ्यास गर्न अखिल नेपाल शिक्षक संघले आग्रह गरेको छ । कोरोना संक्रमणबाट देशभरका चार लाख ८२ हजार बालबालिका मानसिक रुपमा प्रभावित भएको भन्दै उनीहरुलाई सिकाई निरन्तरता दिन संघले आग्रह गरेको हो ।
संघका महासचिव चक्रपाणी पौडेलले प्रेस विज्ञप्ती जारी गरि परीक्षा तयारीका लागि नेपाल टेलिभिजनको एनटिभी प्लसबाट विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म आउने शिक्षण कार्यक्रम हेर्न समेत सुझाव दिनुभएको छ । उहाँले संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउन सवैमा आग्रह गर्नुभएको छ ।
यसैबीच, नेपाल शिक्षक महासंघले अनलाईन माध्यमबाट परीक्षाको तयारीमा बसेका विद्यार्थीले अध्ययन गर्न आग्रह गरिसकेको छ । महासंघका अध्यक्ष शेर बहादुर थापा क्षेत्रीले प्रेस विज्ञप्ती जारी गरि पहिलो प्राथमिकता स्वास्थ्यलाई दिँदै घरमै बसेर अध्ययन गर्न आग्रह गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!