> राष्ट्रिय > झिमरुक गाउँपालिकामा जिल्लाका न्यायीक सेवा र अनुगमनको सिकाई आदानप्रदान


झिमरुक गाउँपालिकामा जिल्लाका न्यायीक सेवा र अनुगमनको सिकाई आदानप्रदान

प्युठान । जिल्लाका न्यायीक समितिका पदाधिकारी तथा कर्मचारीबीच सिकाई आदानप्रदान भएको छ । न्यायीक समितिका काम कार्बाहि तथा अनुगमन कार्यलाई प्रभाबकारी बनाउन झिमरुक गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।

 

झिमरुक गाउँपालोकाको सभाहलमा भएको कार्यक्रममा सहभागीले जनशक्तिको अभावमा न्यायीक समितिले काम गर्नुपरेको बताएका छन । कार्यक्रमका न्यायीक क्षेत्र, योजना अनुगमनको अभ्यास लगायतका बिषयमा छलफल भएको थियो ।

 

कार्यक्रमले धेरै कुरा सिक्ने सिकाउने अवसर मिलेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । कानुनी ज्ञानको अभावमा कमी कमजोरी हुन सक्ने भएकाले सचेत भएर काम गर्नुपर्ने अबस्था रहेकोले यस्तो कार्यक्रम आवस्यक रहेको उहाँको भनाई छ । उहाँले अनुगमनमा कडाई गरिएको समेत बताउनुभयो ।

 

 

कार्यक्रममा ७ बुदे घोषणा पत्र जारी गरिएको छ । आगामी जेठ २७ र २८ गते गौमुखी गाउँपालिकामा न्यायीक समितिको जिल्ला सम्मेलन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *