महेश थापा
प्युठान । नौबहिनि गाउँपालिकाले जेसीबी खरिद गरेको छ । पालिकाले ४५ लाख ७४ हजार रुपियाँमा जेसीबी खरिद गरेको जनाएको छ ।
गाउँपालिका क्षेत्रको सडक मर्मत तथा निर्माणमा जेसीबीले काम गर्ने गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । वर्षातको समयमा बिग्रेको बाटो मर्मत गर्न सहज हुने उहाँको भनाई छ ।
यसअघि पालिकाले एम्बुलेन्स समेत खरीद गरेको छ । दुरदराजका जनतालाई सहज रुपमा सेवा दिन एम्बुलेन्स सेवा संचालन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।