प्यूठान, ५ भदौ । साउन २७ गतेदेखि बन्द रहेको माण्डवी गाउँपालिकाको कार्यालय आज शुक्रबारदेखि खुलेको छ ।
एक जना कर्मचारीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि सिल गरिएको गाउँपालिकाको कार्यालय सञ्चालनमा आएको हो ।
साउन २७ गतेदेखि सिल गरिएको कार्यालय आज शुक्रबारदेखि खोलिएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिनुभयो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा १८ जना कर्मचारीको स्वाव संकलन गरि परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि सिल खोलिएको उहाँले जानकारी दिनुभयो ।
