> स्थानीय सरकार > प्यूठान नगरपालिकामा २१ दिनपछि खुल्यो ताला


प्यूठान नगरपालिकामा २१ दिनपछि खुल्यो ताला

प्यूठान । अनेरास्ववियु प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ । मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई प्यूठान नगरपालिकाले विद्यालयमा नियमित अध्यापनमा नखटाई कार्यालयको आन्तरीक कामकाजमा खटाउँदै आएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत दिएकाले विद्यालय फर्काउन माग गर्दै माघ २७ गते शिक्षा शाखामा तालावन्दी गरेको थियो ।

 


शिक्षक पोख्रेललाई बैशाख २ गतेदेखी काज फिर्ता गरि सम्वन्धित विद्यालयमा हाजिर गराउने सहमति भएपछि ताला खोलिएको अनेरास्ववियु प्यूठानका अध्यक्ष जाल बहादुर केसीले जानकारी दिनुभयो ।

नगरपालिका भित्रको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने अनेरास्ववियु र नगरपालिकाबीच सहमति समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *