> राजनीति > सवैभन्दा बढी उम्मेदवार प्यूठान नगरपालिकामा, सवैभन्दा कम माण्डवीमा


सवैभन्दा बढी उम्मेदवार प्यूठान नगरपालिकामा, सवैभन्दा कम माण्डवीमा

प्यूठान । बैशाख ३० गते हुने स्थानीय तहको विर्वाचनका लागि विभिन्न पदमा दर्ता भएका मनोनयनको विवरण सार्वजनिक भएको छ ।

 

जिल्ला निर्वाचन कार्यालय प्यूठानले हिजो साँझ विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको हो ।

 

जिल्लाका ९ स्थानीय तहमध्ये सवैभन्दा बढी प्यूठान नगरपालिकामा उम्मेदवार रहेका छन् । जहाँ १५३ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनाेनयन दर्ता भएकाे स‌ख्या

सवैभन्दा कम माण्डवी गाउँपालिकामा मनोनयन दर्ता भएको छ । माण्डवीमा ६८ जनाले उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित रिर्पोट अनुसार जिल्लाभर ९८८ जनाको मनोनयन दर्ता भएको छ । प्रमुख तथा अध्यक्षका लागि ४५ जना, उपप्रमुख तथा उपाध्यक्षका लागि ३१ जना, वडा अध्यक्षका लागि २२२ जना, सदस्यका लागि ३६२ जना, महिला सदस्यका लागि १७० जना र दलित महिला सदस्यका लागि १५८ जनाको मनोनयन दर्ता भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *