> आर्थिक/बिकास > माण्डवी गाउँपालिकाको भवन निर्माण हुँदै


माण्डवी गाउँपालिकाको भवन निर्माण हुँदै

प्यूठान, १० भाद्र । माण्डवी गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ ।

बुधबार प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले भवनको शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको हो । माण्डवी गाउँपालिका–३ जस्पुरमा निर्माण हुने भवनको लागत भ्याट बाहेक चार करोड ६६ लाख ६७ हजार ४१ रुपियाँ रहेको छ ।

भवन शिलान्यास गर्दै भवन निर्माण कार्य समयमै सम्पन्न गराउन रिजालले आग्रह गर्नुभएको छ । उहाँले जनतालाई प्रत्यक्ष रुपमा सेवा दिने सरकार स्थानीय सरकार भएको भन्दै सहज रुपमा सेवा प्रवाहका लागि भौतिक संरचनाले सघाउ पु¥याउने उल्लेख गर्नुभयो ।

भवन निर्माणको जिम्मा आँशु÷मल्लरानी÷पिपि जे.भीले पाएको छ । भवन निर्माणको लागि दुई वर्षको सम्झौता रहेको र सम्झौता अवधिभित्र निर्माण कार्य पुरा हुने निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताउनुभयो ।

भवन बनाउन स्थानीयले १७ रोपनी जग्गा उपलब्ध गराएका थिए । करीव ९ रोपनी क्षेत्रफलमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र विवादले भवन निर्माण समयमै हुन नसकेको भन्दै अव निर्माण कार्य अघि बढेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । पालिका भवन बनेपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *