> स्थानीय सरकार > सहज रुपमा सेवा प्रवाहको वातावरण बनाउन कर्मचारीको माग


सहज रुपमा सेवा प्रवाहको वातावरण बनाउन कर्मचारीको माग

प्यूठान । मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहितलाई विप्लव नेतृत्वको नेकपाले दुव्र्यवहार गरेपछि दोषीलाई कारवाही र सहज रुपमा काम गर्ने वातावरण सृजना गर्न कर्मचारीले माग गरका छन् ।

जिल्ला स्थित विभिन्न कर्मचारी संघ संगठनका प्रमुखहरुले प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई भेटेर कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । उनीहरुले घटनाको दोषीलाई कारवाही गर्न समेत माग गरका छन् ।

त्यसैगरि मल्लरानी गाउँपालिकाका कर्मचारीले आफ्नो पालिकाका जनप्रतिनिधि र कर्मचारीमाथी भएको दुव्र्यवहारले आफूहरुको मनोवल कमजोर भएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै प्रजिअ भुसालको ध्यानाकर्षण गराएका छन् ।

उक्त घटनाले पालिकाले दिने सेवा प्रवाहका लागि कर्मचारीहरु असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभुति दिलाउन समेत माग गरेका छन् ।

जवाफमा प्रमुख जिल्ला अधिकारी भुसालले दोषीलाई कानुनी कारवाही हुने बताउनुभयो । उहाँले उचो मनोवलका साथ विचलित नभई सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *