> आर्थिक > कस्तो बन्दैछ ? प्यूठानको भित्रिकोट दरबार


कस्तो बन्दैछ ? प्यूठानको भित्रिकोट दरबार

प्यूठान, २२ बैशाख ।
भुरे टाकुरे राजाको पालामा बनेको प्यूठान नगरपालिका–७ स्थित भित्रीकोट दरबारको भग्नावशेष अहिले पनि छ । भग्नावशेष भित्रीकोट क्षेत्रमा हिजोआज जिल्लाका आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।

दरबार क्षेत्रमा दुर्गादेवी मन्दिर, ऐतिहासिक तरबार रहेका छन् । यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । दरबार क्षेत्र नजिकै पार्क समेत निर्माण गरिएको छ ।

भित्रिकोटमा विभिन्न चाडपर्वमा पुजा आजा गर्न स्थानीय पुग्ने गर्दछन् । भित्रीकोटमा चन्द्रवंशी राजाले राज्य सञ्चालन गरेको इतिहासमा उल्लेख छ ।

भित्रिकोटको पर्यटन प्रर्वद्धनका लागि प्यूठान नगरपालिकाले डीपीआर बनाएको छ । कस्तो बन्दैछ ? प्यूठानको भित्रिकोट दबार हेर्नुहोस् भिडियो डकुमेन्ट्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *