> सम-सामायिक > विपद कोषमा जिसस प्यूठानको १० लाख


विपद कोषमा जिसस प्यूठानको १० लाख

सृजना सेन
प्यूठान, ३० चैत ।
जिल्ला समन्वय समिति प्यूठानले जिल्ला विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी १० लाख रुपियाँ उपलब्ध गराउने भएको छ । आइसुलेसन वेड स्थापनाको लागि प्यूठान अस्पताललाई पाँच लाख र जिल्ला स्वास्थ्य कार्यालय प्यूठानलाई कोरोना भाइरससँग लड्न सामाग्री खरिदको लागि पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नको लागी र संक्रमितको उपचार गर्न आइसुलेशन वेड बनाउन नगरपालिका तथा गाउँपालिकालाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

उपलब्ध सामाग्री एम्बुलेन्स चालक, सुरक्षा निकाय र नगरपालिका गाउँपालिकामा उपलब्धताको अवस्थाका आधारमा वितरण गर्ने साथै अत्यावश्क अवस्थाको लागि मौजुदा राखिने छ । खरिद गरिने सामाग्री मापदण्ड बनाएर उपलब्ध गराउने समेत समन्वय प्रमुख केशवराज आचार्यले बताउनुभयो ।

प्यूठान अस्पताल विजुवार र जिल्ला स्थित महामारी व्यवस्थापन केन्द्र(क्राइसीस मेनेजमेन्ट सेन्टर)ले जिल्ला समन्वय समिति प्यूठान समक्ष रकम उपलब्ध गराउने सम्बन्धमा निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!