प्यूठान । होटल व्यवसायी संघ प्यूठानको जिल्ला अधिवेशन नजिकिदैछ । त्यसअघि अहिले विभिन्न बजार इलाकाको अधिवेशन सम्पन्न भइरहेका छन् ।
आज शनिबार प्यूठान नगर बजार इलाकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होटल व्यवसायी जीवन खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जसको उपाध्यक्ष हेमन्त बुढाथोकी, सचिव सुरेश कुमार श्रेष्ठ, सहसचिव टंक बहादुर थापा, कोषाध्यक्ष पोम नारायण भण्डारी र सह कोषाध्यक्ष सुधा केएम लगायत सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।