> आर्थिक/बिकास > फुलबारीका सदस्यलाई उपचारमा छुट ! छुट कसरी प्राप्त गर्ने ?


फुलबारीका सदस्यलाई उपचारमा छुट ! छुट कसरी प्राप्त गर्ने ?

प्यूठान । फुलबारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई स्वास्थ्य उपचारमा छुट दिने कार्यक्रम अघि बढाएको छ ।


सहकारीले रुपन्देहीको बुटवल स्थित लुम्बिनी सिटी अस्पतालसँग सम्झौता गरि उपचारमा छुटको व्यवस्था मिलाएको हो ।

 

संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले अस्पतालसँग सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार उपचार सेवामा ११ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट गर्ने सम्झौता भएको छ ।

 

 

“सम्झौता भइसकेको छ” उहाँले भन्नुभयो,“उक्त सुविधा सदस्यका परिवारलाई पनि लागु हुन्छ ।” सुविधा प्राप्त गर्नका लागि सहकारीले कार्ड बनाउन थालेको छ । उक्त कार्ड लिएर गएमा छुट मिल्ने उहाँले बताउनुभयो ।

 

 

त्यसैगरी संस्थाले वार्षिक रुपमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । फुलबारीको जिल्लामा चार हजार सदस्य संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *