> समाज > लुम्बिनी सिटी र लालिगुराँसबीच औषधी उपचारमा छुट गर्ने सम्झौता


लुम्बिनी सिटी र लालिगुराँसबीच औषधी उपचारमा छुट गर्ने सम्झौता

बुटवल । बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्स प्रा.लि. र लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानबीच विरामीको प्रभावकारी औषधी उपचार गर्नका लागि सम्झौता भएको छ ।

                                                                अस्पताल र सहकारी बीच भएकाे सम्झौता

मल्लरानी गाउँपालिका-३ स्थित सहकारीका सदस्यलाई विभिन्न औषधी तथा उपचार सेवामा छुट गर्ने विषयमा दुई पक्षबीच सहमति भएको शेयर सदस्य कृष्णराज पाण्डेयले जानकारी दिनुभयो । ल्याव, एक्सरे, जनरल बेड चार्जमा ११ प्रतिशत, शल्यक्रियामा १० प्रतिशत र औषधी लगायत फार्मेसी सेवामा ५ प्रतिशत छुट गर्ने सहमति भएको पाण्डेयले जानकारी दिनुभयो ।

 

दुई पक्षबीच एक वर्षको सम्झौता भएको छ । सहकारीको कार्यक्षेत्रमा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा समेत सम्झौता भएको छ । उक्त सुविधा पाउनका लागि सहकारीको सिफारिस आवश्यक पर्नेछ ।

                                                                                 अस्पताल र सहकारीका प्रतिनिधी

यसअघि फुलबारी बचत तथा ऋण सहकारी संस्थाले पनि लुम्बिनी सिटी अस्पतालसँग सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *