समाज

कारितासको एक लाख बढीको सहयोग

कमल विक
प्यूठान, २७ चैत ।
कारितास अस्ट्रृेलिया, अस्टे«लियन एड, कारितास नेपालको आथिक सहयोगमा सञ्चालित एक परियोजना मार्फत कोरोना संक्रमणको महामारीमा विपन्न वर्गका लागि राहत प्रदान गरेको छ । एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नीति स्थानीय सरकारले बनाएपछि फुलवारी एकीकृत ग्रामीण विकास संस्था नेपालले सञ्चालन गरेको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता परियोजना अन्र्तगत साना किसानका लागि आईपिएम कार्यक्रमबाट प्यूठान नगरपालिकालाई राहत प्रदान गरिएको हो ।
एक लाख १२ हजार पाँच सय २० रुपियाँ बरावरको खाद्य सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चालम ३९ कठ्ठा, तेल १२ गत्ता, मिक्स दाल ५ कठ्ठा, नुन २ कठ्ठा नगरपालिकालाई प्रदान गरिएको हो ।

Related Articles

Back to top button