> समाज > प्यूठान प्रहरीलाई युवा संघद्धारा मास्क र स्यानिटाईजर प्रदान


प्यूठान प्रहरीलाई युवा संघद्धारा मास्क र स्यानिटाईजर प्रदान

प्यूठान, ९ जेठ । प्यूठान प्रहरीलाई राष्ट्रिय युवा संघ प्यूठानले मास्क र स्यानिटाईजर सहयोग प्रदान गरेको छ ।

 

आईतबार विहान संघका संयोजक विश्येक थापा सहितको टोलीले जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्ललाई सहयोग हस्तान्तरण गरेको हो ।

 

कारोना भाईरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि फ्रन्ट लाईनमा खट्ने प्रहरीहरुलाई सहयोग उपलब्ध गराएको संयोजक थापाले बताउनुभयो । महामारीको विषम अवस्थामा सवै एक जुट भई रोकथाम तथा नियन्त्रणमा सक्रिया हुनुपर्ने उहाँको भनाई थियो ।

 

संघले १ हजार ५ सय लिटर स्यानिटाईजर र ७ सय मास्क प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *