> आर्थिक/बिकास > आरन व्यवसायबाट राम्रो कमाई, ६ जनाको परिवार पालेर पनि बचत


आरन व्यवसायबाट राम्रो कमाई, ६ जनाको परिवार पालेर पनि बचत

अनुज पछाई
प्यूठान । स्वर्गद्धारी नगरपालिका-६ का तुकमान बिकले बिगत एक दशकदेखि प्यूठानको जुम्रिमा आरन ब्यबसाय गर्दै आउनुभएको छ । पूख्यौली पेशा-आरन अहिले आयआर्जन गर्ने व्यवसाय बनेको छ ।

 

एक दशकदेखी आरन (फलामका औजार बनाउने तथा मर्मत गर्ने ) पेसा गर्दै आउनुभएका तुकमानले कुटो, कोदालो, हँसिया, बन्चरो, भालालगायत औजार बनाउनुहुन्छ । मर्मत पनि गर्नुहुन्छ । “काम जति नै जोखिम भए पनि मेरा लागि यो पेट भर्ने व्यवसाय हो,” उहाँले भन्नुभयो । किशोर अवस्थामै पुख्र्यौली सीप सिकेर काम थालेका विकले आरन पेसामै सारा उमेर बिताएको बताउनुहुन्छ ।

 


“सुरु सुरुमा यो पेसा ठिकै लाग्थ्यो । तर, अब उमेर ढल्किँदै गयो । काम गर्ने आँट र जाँगर दुवै कम हुँदै गयो,’ उनले भने, ‘अन्य कुनै सीप छैन, यही काम नगरेर पनि के गर्नु ? कसरी जीवन धान्नु ?” उमेरले साथ छाड्दै गए पनि आरनले नछोडेको उहाँले बताउनुभयो ।
जसले फलाम दिन्छ, उसैले भनेको जस्तै औजार बनाउनुहुन्छ । कतिपय औजार आफँै पनि बनाएर बेच्नुहुन्छ । सबै औजारको फरक-फरक दररेट छ । आरन पेसाबाट कमाएको रकमले घरखर्च चलेको छ । आरन पेसा दैनिक छाक टार्ने माध्यम बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाबा, हजुरबाबाबाट यो सीप सिकेको हुँ । अचेल यो पेसा संकटमा छ ।”

 

उहाँको ६ जनाको परिबार छ । घरखर्च चलाएर पनि केहि रकम बचाउन सकिएको उहाँले बताउनुभयो । महिनामा ३५ देखि ४० हजारसम्म कमाई गर्दै आएको उहाँको भनाई छ । पछिल्लो समय गाउँघरमा कुटो, कोदालो, बन्चरो, हँसियालगायतको माग घट्नु र बजारिया हतियार उपलब्ध हुनुले पनि पेसा संकटमा परेको उहाँ बताउनुहुन्छ ।

 

“हामी एक छाक खाना एक मानो चामल र एक पोका तेलका लागि मात्रै आरन पेसा गथ्यौँ,” विगतमा अर्काको घरमा दिनभर आरनको काम गरेबापत मानो, मुरी खाएरै बालापन बितेको अनुभव सुनाउँदै भन्नुभयो, “तर अहिले दैनिक ८ सय देखि हजार १२ सयसम्मको कमाइ हुँदा पनि यो पेसाप्रति पछिल्लो पुस्ताको रुचि छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *