प्यूठान, ३० भाद्र । चितवनमा उपचाररत स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङकी अस्मिता नेपालीको उपचारका लागि “हामी नेपाली हाम्रो नेपाल” ग्रुपद्वारा ७ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
हालसम्म ग्रुपबाट संकलन गरिएको रु ७ हजार रुपैयाँ मंगलवार ग्रुपका प्रकाश सुवेदि, हेमन्त पाठक, विमला योगि, सपना ओली लगायतको टिम अस्मिताको घरमा पुगि परिवारलाई हस्तान्तरण गरिएको ग्रुपका सञ्चालक महेश रावतले जानकारी दिनुभयो ।
उपचारमा आर्थिक अभाव नहोस् भन्नका लागि ग्रुपबाट संकलन अभियान सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पहिलो चरणमा ७ हजार सहयोग गरेको र पछिल्लो दिनमा पनि गर्दै जानेछौँ ।”
