गौमुखी । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४६ करोड ८० लाख रुपियाँ बजेट ल्याएको छ । १५ औं गाउँ सभाले उक्त रकम बराबरको बजेट ल्याएको हो ।
पालिकाले कोदो र फापर खेती प्रवर्द्धन गर्दै कोदोको रक्सीलाई ब्राण्डीङ्ग गर्ने योजना ल्याएको उपाध्यक्ष महाबिर रानाले बताउनुभयो । त्यसैगरी गौमुखी लाई आलु र तरकारी बालीको बिउ उत्पादनको केन्द्र बनाउने कार्यक्रम संचालन गरिने योजना छ ।
जनताको घरमा डाक्टर तथा LAB IN BAG कार्यक्रम संचालन गरिने उपाध्यक्ष रानाले बताउनुभयो । प्राबिधिक विषयमा उच्च शिक्षा अध्यन गर्नेहरुलाई ५०% अनुदानको व्यबस्था गर्ने निति तथा कार्यक्रम र बजेटमा उल्लेख छ ।
