> राष्ट्रिय > घर पुननिर्माणको लागी आर्थिक सहयोग


घर पुननिर्माणको लागी आर्थिक सहयोग

अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका २ मा रहेको मातृभुमि टोल बिकास सस्थाले घर पुननिर्माणको लागी आर्थिक सहयोग गरेको छ ।


प्यूठान नगरपालिका २ की शान्ति बिकको घर पुननिर्माणको लागी आर्थिक सहयोग गरेको हो । गत भाद्र २१ गतेको दिन बर्षाको कारणको बिकको घर भत्कियको थियो ।


मातृभूमि टोल बिकास समितिले २०७८ सालमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रम मार्फत सङकलन भएको रकममध्य रु ५ हजार १०५ बिकको घर पुननिर्माणको लागी सहयोग गरिएको सस्थाले जनाएको छ ।

त्यस्तै देउसी भैलो खेल्नको लागी सहयोग गर्ने प्यूठान नगरपालिका २ का बाल कलाकारलाई शैक्षिक सामग्री पनि बितरण गरिएको सस्थाका अध्यक्ष तारा बहादुर केसीले जानकारी दिनुभयो ।


साथै आर्थिक अबस्था कमजोर भएका प्यूठान नगरपालिका २ निवासी ६६ बर्षिया सन्त बहादुर बिकलाई पनि साद्यन्न सामग्री तथा सिरक डसना हस्तानतरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *