समाज

सुरक्षाको माग गर्दै उद्योग वाणिज्य संघद्वारा प्रशासनको ध्यानाकर्षण

प्यूठान । व्यावसायिक सुरक्षाको माग गर्दै प्यूठान उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

 

विगत केहि समय यता प्यूठान जिल्लाका विभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढ्दै गईरहेको हुँदा यसले व्यवसायी मात्र होइन, स्थानिय बासिन्दाहरु पनि त्रशित भएको हुँदा घटनाको छानबिन तथा व्यावसायिक सुरक्षाको लागि ध्यानाकर्षण गराइएको संघका वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।

 

घटनाले व्यापारी वर्गको सुरक्षामा गम्भीर प्रश्न खडा गरेकोले छानबिन गरि अपराधीलाई कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता अप्रिय घटनाहरु रोक्न प्रभावकारी सुरक्षा व्यवस्थापन मिलाईदिन ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।

 

वरिष्ठ उपाध्यक्ष पोख्रेल, महासचिव सन्देश आचार्य, कार्यकारी निर्देशक प्रकाश खनाल सहितको प्रतिनिधि मण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो ।

Related Articles

Back to top button