प्यूठान, २६ साउन । प्यूठानमा नेपाली सेनालाई कोरोना संक्रमण देखिएको छ ।
इन्द्रध्वज गणमा कार्यरत १४ जना सेनामा संक्रमण देखिएको हो ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत संक्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । ३ जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ ।
