प्यूठान । देशैभर शनिबार एकै साथ नेकपा एमालेको वडा अधिवेशन सुभारम्भ गरिएपनि सवै ठाउँमा अधिवेशन सम्पन्न भएको छैन ।
शनिबार प्यूठानको ६४ वडामध्ये ६० वडामा अधिवेशन सम्पन्न भएको छ । जसबाट नयाँ नेतृत्व चयनसँगै पालिका अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भएका छन् ।
प्यूठानको ४ वटा वडामा भने तोकिएको मितिमा अधिवेशन हुन सकेन् । सरुमारानी गाउँपालिकाको २ वटा वडा र झिमरुक गाउँपालिकाको २ वटा वडामा अधिवेशन हुन नसकेको हो ।
शनिबार अधिवेशन नभएका ४ वटा वडामा आज अधिवेशन हुँदैछ । सरुमारानी गाउँपालिकाको १ र २ वडा, झिमरुक गाउँपालिकाको २ र ४ वडामा आज अधिवेशन हुन लागेको एमाले प्यूठानले जनाएकाे छ ।
